Rashtriya Dainik

सशस्त्र प्रहरी बल नेपाल न.२६ गण हे.क्वा. पश्चिम नवलपरासीको १९ औं स्थापना दिवस

राष्ट्रिय दैनिक / नवलपरासी ,२ जेठ

सशस्त्र प्रहरी बल नेपाल न.२६ गण हे.क्वा. पश्चिम नवलपरासीको १९ औं स्थापना दिवस २०८३ एक कार्यक्रमका बिच पाल्ही नन्दन ३ बेलासपुरमा एक भव्य कार्यक्रमका बिच मनाइएको छ।

२६ न. गणको स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तिर्थराज पौडेलले कार्यक्रमको उद्घाटन गर्दै सशस्त्र प्रहरी बलले सिमा सुरक्षा, आन्तरिक सुरक्षा,राजस्व चुहावट नियन्त्रणमा पुर्याएको योगदान सराहनीय रहेको चर्चा गर्दै राष्ट्रले दिएको जिम्मेवारीलाई पूर्ण पालना गरी नागरिकको चाहनाअनुसार सेवा पुर्याउदै आएको बताउनु भयो।
उहाँले जस्तोसुकै अवस्थामा पनि सक्रिय रुपमा देशभक्ति र मानवीय सेवा गर्दै आएको बलले सिमित साधनस्रोतको बाबजुद पनि प्राप्त जिम्मेवारीलाई पूरा गर्दै आएको जिकिर पनि गर्नुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादवले सिमा सुरक्षालाई सशक्त रुपमा अगाडि बढाएको सशस्त्र प्रहरी बलले प्रतिकुल समयको बाबजुद पनि आफ्नो जिम्मेवारी र कर्तव्यलाई उच्च मनोबलका साथ अगाडि बढाइएकोमा सम्पुर्ण जिल्ला बासी गौरवान्वित रहेको धारणा राख्नु भएको थियो।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरी बलले संगठनले दिएको जिम्मेवारीलाई पूरा गर्दै आएको अवसरमा शान्ति,सुरक्षा र विपदको समयमा पनि अग्र स्थानमा रहि पुर्याएको योगदान प्रसंशनिय रहेको बताउदै प्र.जि.अ. नेपालले अन्तरदेशीय अपराधलाई कानुन सम्मत रुपमा नियन्त्रणको कार्य गर्दै आएको पनि जिकिर गर्नुभयो। विकट परिस्थितिमा सशस्त्र प्रहरी बलले सदैव राष्ट्र,नागरिक र संगठनप्रति पूर्ण जिम्मेवार भइ पुर्याएको सेवाको उच्च मुल्यांकन हुनुपर्ने धारणा पनि प्र.जि.अ. नेपालले राख्नुभयो।
वार्षिकोत्सब समारोहमा २६ न. गणद्वारा आयोजना भएको हाजिरी जवाफ प्रतियोगिता, २ माइल दौड लगायत खेलकुद प्रतियोगिताहरुमा प्रथम हुने टिमलाई सम्मान सहित पुरस्कृत गरिएको थियो।


सो अवसरमा जिल्ला सुरक्षा समितिका पदाधिकारी,नगरपालिका का प्रमुख, गाउँपालिका का अध्यक्ष र उपाध्यक्ष, बि.ओ.पि. गुल्म,बेस प्रमुख र अन्य विभिन्न कार्यालय प्रमुखहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी बल नेपाल २६ न. गण अन्तर्गत गुल्म १,बिओपी ४ र सुरक्षा बेस २ को सङ्ख्यामा रहेको २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोबिन्द बहादुर खातीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित