Rashtriya Dainik

त्रिवेणीमा बाल क्लब क्षमता विकास तालिम सम्पन्न

आरपी उपध्याय / नवलपरासी ३० बैशाख

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा बाल क्लब क्षमता विकास तालिम बुधबार सम्पन्न भएको छ।
विनयी त्रिवेणी गाउँपालिकाको आयोजनामा ज्योति गुम्बा बौद्ध विहार समितिको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो।
विनयी त्रिवेणी गा.पा. वडा न.६ की वडा सदस्य देवी लक्ष्मी बि.क.को अध्यक्षतामा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गा.पा. उपाध्यक्ष भगवती बैदवार क्षेत्रीले विद्यालयमा गठन भएको बाल क्लबको माध्यमबाट छिटोछरितो सुचना आदानप्रदान हुने हुँदा बाल क्लबहरुलाई अझ बढी सक्रिय बनाउनु पर्ने बताउनु भयो।
उहाँले देश विकासमा नारीको भुमिका अग्रणी हुने हुँदा महिलाहरुलाई सीपमूलक र नेतृत्व विकास क्षमता अभिवृद्धि तालिमको माध्यमबाट अगाडि बढाउन सबै पक्ष लाग्नुपर्ने जिकिर गर्नुभएको थियो।
उपाध्यक्ष बैदवारले विद्यालयमा दिइने दिवा खाजा स्वस्थ्यवर्दक हुनुपर्ने धारणा राख्दै गुणस्तरहीन खाद्यवस्तुको प्रयोग गर्न नहुने सुझाव दिदै अनुगमनको क्रममा अखाद्य वस्तु प्रयोग भएको पाइएमा कारवाही गर्ने पनि प्रष्ट पार्नुभयो।
कार्यक्रममा पत्रकार महासंघ नवलपुरका सदस्य समेत रहनु भएका सहजकर्ता दिपक शर्मा र विनयी त्रिवेणी गाउँपालिकाकी मनोसामाजिक परामर्शकर्ता यमकला भट्टराईले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा शिवपुरगढी मा.वि. की शिक्षक प्रतिनिधि अन्जना पोख्रेल, अपांग संघ विनयी त्रिवेणीका उपाध्यक्ष धनीराम महतो,वडा सदस्य बन्दना मुसहर र विष्णु चौलागाईं,सहभागी विद्यार्थी स्मारीका सुवेदी लगायतले तालिमको महत्व र उद्देश्य माथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा विनयी त्रिवेणी वडा न.६ र ७ अन्तर्गतका सामुदायिक र निजी विद्यालयका गरी ११५ बालबालिकाहरुको कार्यक्रममा सहभागिता रहेको कार्यक्रम सञ्चालक लिलाधर चापागाईंले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित