नवलपरासी । पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर २ जावाको शिमसार क्षेत्रमा अहिले आठ प्रकारका प्रवासी चराहरु आएको पाईएको छ ।
जावा क्षेत्रमा गरिएको एक अध्ययनले जावाको बुद्ध सरोवरको वरपरको क्षेत्रमा यतिवेला आठ प्रकारका प्रवासी चराहरु आएको पाईएको छ ।

गाउँपालिकाको तत्पर्तामा जावाको सिमसार क्षेत्रमा जलचर पंक्षीको वासस्थान, अवस्था र संख्याको बारेमा जानकारी लिनका लागि पहिलो पटक गरिएको अध्ययनले यस क्षेत्रमा प्रवासी पंक्षीहरुको उत्साहजनाक उपस्थिति रहेको लुम्बिनी एग्रोल्याब प्रा.लि.की अनुसन्धानकर्ता सरस्वती थापा क्षेत्रीले बताएकी हुन ।
अनुसन्धान कार्यमा संलग्न थापा अनुसार जावाको सीमसार क्षेत्रमा चराहरुका प्रजाति, चराको संख्या एवं अवस्थाकाे जानकारीका लागि गरिएको अध्ययनले त्यस क्षेत्रमा जाडोको याममा मुस्ताङ, साईवेरिया, कोरिया, मंगोलिया लगाएतका हिमाली क्षेत्रबाट आएका आठ प्रकारका प्रवासी चराहरु रहेको पाईएको छ ।

जावाको बुद्ध पोखरी क्षेत्रमा पहिलो पटक गरिएको अध्ययनका क्रममा बगाले सिम कुखुरा, मालक हाँस, खडखडे हाँस, विजुला गैरो, ठाटे गोकुल, सलचले सुडसुडिया, गडवाल एवं गरगने प्रजातीका प्रवासी चराहरु रहेको पाईएको छ ।
पंक्षी गणनाका क्रममा आगन्तुक र रैथाने गरि जावाको सिमसार क्षेत्रमा जम्मा ३६ प्रजातिका चराहरु देखा परेको बताईएको छ । जाडो याममा हिमाली क्षेत्रमा तापक्रम अत्याधिक कम भएकोले तराईका सिमसार क्षेत्रमा अहिले साईवेरिया, वर्मा, तिब्बत लगायतका हिमाली क्षेत्रहरुबाट अनेक प्रजातिका आगन्तुक चराहरु आउने गरेको चराचुरुङगीमा विद्यावारिधी गर्दै गर्नु भएका त्रिचन्द्र क्याम्पसका उपप्रध्यापक कमल राज गोसाईले बताए ।
उपप्रध्यापक गोसाईका अनुसार आगन्तु चराहरु ४ देखी ६ महिना सम्म यस क्षेत्रमा बसोबास गर्ने गर्दछन । कतिपय प्रजातिका चराहरुले यसै समयमा अण्डा कोरलेर बच्चा जन्माउने गरका छन भने कतिपय आहारको खोजीमा रहने गरेको पाईएको छ ।

तराईका प्राकृतिक सिमसारहरु विभिन्न प्रकारका प्रदुषणका कारण, सिमसार क्षेत्रको वरपर मानव बस्तीको विस्तार लगाएतका समस्याहरुले चराहरु आउने क्रम घटेको अवस्थामा जावाको बुद्ध सरोबर सिमसार क्षेत्रमा अहिले पनि ८ प्रकारका प्रवासी चराहरु आउनुले यस क्षेत्रमा चरा पर्यटनको सम्भावना रहेको बताईएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

