Rashtriya Dainik

होटलबाट २ केजीभन्दा बढी गाँजासहित एक जना पक्राउ

अनिल बनिया / नवलपरासी ,२९ वैशाख

पश्चिम नवलपरासीको सुनवल नगरपालिका – ४ बेलारीस्थित एक होटलबाट अवैध लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा पर्वत धौलागिरी होटल एण्ड रेष्टुरेन्टमा छापा मार्दा होटल सञ्चालक ५२ वर्षीय तारा बहादुर क्षेत्रीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार क्षेत्रीले सञ्चालन गरेको होटलमा लागुऔषध गाँजाको बेचबिखन तथा ओसारपसार भइरहेको सूचनापछि गरिएको खानतलासीका क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २ केजी २० मिलिग्राम गाँजा बरामद गरिएको थियो।

बरामद गरिएको गाँजासहित क्षेत्रीलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला अदालत परासीबाट मङ्गलबार म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित