Rashtriya Dainik

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले सुस्तामा अन्तरक्रिया सहितको सचेतना कार्यक्रम सम्पन्न

आरपी उपध्याय /नवलपरासी २८ बैशाख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले पश्चिम नवलपरासीको सुस्तामा अन्तरक्रिया सहितको सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो।
अख्तियारले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सुस्तामा गरिएको कार्यक्रममा जनप्रतिनिधि,पालिका अन्तर्गतका शाखा प्रमुख र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो।
आयोग कार्यालय बुटवलकी प्रमुख बिनिता भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले कानुनले दिएको अधिकारभन्दा बढी काम गरिएमा गैरकानुनी हुने हुँदा सार्वजनिक पदमा रहेकाहरुले कानुनले दिएको अधिकार मात्र प्रयोग गर्नुपर्ने धारणा राख्दै आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत रहनुपर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्नु भएकी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलकी प्रमुख भट्टराईले भ्रष्टाचार हुने ठाउँको पहिचान गरी त्यसको रोकथाम र नियन्त्रणको प्रयास गरिएमा भ्रष्टाचार निर्मूल गर्न सकिने विचार व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने कार्य एकल प्रयासले मात्र सम्भव नहुने हुँदा त्यसको लागि जनचेतनामूलक कार्यक्रम मार्फत घर,परिवार,विद्यालयबाट पनि रोकथाम र नियन्त्रण गर्न सकिने धारणा राख्नुभएको थियो। उहाँले भ्रष्टाचार र भ्रष्टाचारीको पहिचान पछि त्यसलाई कानुन सम्मत ढङ्गबाट अनुसन्धान गरी निष्कर्षमा पुग्न सकिने जिकिर पनि गर्नुभयो। नागरिक समाज तीन तहको सरकार संग समन्वय गरेर भ्रष्टाचार रोकथाम र नियन्त्रण गर्न सकिने पनि भट्टराईले प्रष्ट पार्नुभयो।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलकी उपसचिव तुलसा गैरेले कार्यक्रमको उद्देश्य र लक्ष्यमाथी प्रकाश पार्दै कार्यक्रम बारे सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा सुस्ता १ का वडा अध्यक्ष अशोक चौधरीले पनि आफ्नो धारणा राख्नुभयो।
सो अवसरमा पश्चिम नवलपरासीका ७ गाउँपालिकाहरु मध्ये सुस्ता गाउँपालिकामा १६ ओटा भ्रष्टाचार सम्बन्धि मुद्दा दर्ता भएकोमा १३ ओटा मुद्दा फरछ्यौट भएको र ३ ओटा उजुरीको अनुसन्धान भइरहेको जानकारी गराइएको थियो।
“भ्रष्टाचार विरुद्धको सहकार्य सुशासनको लागि अपरिहार्य” भन्ने मुल नाराका साथ आयोजना भएको अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचारका असर र प्रभावहरु,भ्रष्टाचार नियन्त्रणको आवश्यकता,सुशासनमा हालको अवस्था र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार बारे पनि सहभागीहरुलाई जानकारी गराइएको कार्यक्रम सञ्चालिका रुपा भट्टराईले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित