आरपि उपाध्याय / नवलपरासी ,१४ असार
पश्चिम नवलपरासी नारायणी पारीको सुस्तामा वृहत् रुपमा वृक्षारोपण कार्य गरिएको छ।
लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गत कृषि वन तथा वृहत्तर हरियाली प्रवर्द्धन तर्फ सडक सौन्दर्यकरणका लागि वृक्षारोपण गरिएको हो।
सुस्तामा निर्माण हुँदै गरेको गेटदेखी पुर्वतिर प्रहरी चौकीतर्फ कपुर गोल्ड महर जगन्डापुर लगायत ४५० जातका बिरुवाहरु लगाइएको प्रतापपुर सुस्ता सब डिभिजन वन कार्यालय प्रमुख प्राविधिक अधिकृत चीन बहादुर यादवले जानकारी दिनुभयो।
जिल्ला वन अधिकृत राजु क्षेत्रीको प्रमुख आतिथ्यता तथा सुस्ता गा.पा. ५ का वडा अध्यक्ष आदम हुसेन खाँ को आतिथ्यतामा सौन्दर्यकरणको लागि वृहत् वृक्षारोपण कार्यक्रम गरिएको आयोजकले बताएको छ।
सुस्तामा सौन्दर्यकरणको लागि गरिएको वृक्षारोपणको सन्दर्भमा जिल्ला वन अधिकृत क्षेत्रीले सचेतनासहित पर्यटन प्रवर्द्धन हुने उद्देश्यबाट गरिएको वृक्षारोपण कार्यबाट सुस्ताका नेपालीहरुमा उत्साह बढेको बताउदै स्वच्छ वातावरणमा बाच्न पाउने कानुनले दिएको अधिकार अन्तर्गत वृक्षारोपण गरिएको प्रतिक्रिया दिनुभयो।
वृक्षारोपण सहित सौन्दर्यकरण अभियानलाई जिल्लाको अन्य ठाउँहरुमा पनि चरणबद्ध रुपमा सञ्चालन गरिने पनि जिल्ला वन कार्यालयले जानकारी दिएको छ।
वृक्षारोपण कार्यक्रममा ठूलो सङ्ख्याका सुस्ता बासी र स्थानीय सुरक्षाकर्मीहरुको पनि उपस्थिति रहेको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

