वीरगन्ज – मधेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालयले वीरगन्ज महानगरपालिका वडा नम्बर ११ रानीघाट स्थित कृषि औजार कारखाना अगाडिको मूख्य सडकमा नाला निर्माण नै नगरि ढलान गर्न ठेक्का लगाएपछि स्थानीयले विरोध गरेका छन् ।
सामान्य पानी पर्दा समेत सडकमै पानी जम्ने समस्याबाट पीडित रहेका स्थानीयले शुक्रबार ठेकेदारले ढलानको काम अगाडि बढाउन थालेपछि विरोध गरेका हुन् । ४३ लाख २० हजार रुपैयामा भौतिक पूर्वाधार कार्यालयले वीरगन्जको मिश्रा निर्माण सेवालाई निर्माणको ठेक्का दिएको हो ।
उक्त ठेक्काको सम्झौता पत्रमा सडक तथा नाला निर्माण उल्लेख भएको देखिन्छ । कालोपत्रे सडकमा ढलान किन पास गरेको भन्दै स्थानीयले वडाध्यक्षलाई प्रश्न गरेका थिए ।
विगतमा पीच गरिएको उक्त सडक अहिले ढलान हुन थालेको हो । ठेकेदार कम्पीले ढलान गर्नु अगाडि पुरानो पीचलाई उख्लेर, ग्रेडिङ गरेर, ग्राभेल ओछयाई, माथि फलामे डन्डी राखेर ढलान गुर्नपर्ने भौतिक पूर्वाधार कार्यालयका प्राविधिकले जनाएका छन् ।

ठेकेदारले पुरानो पीचलाई नउखाली त्यसकै माथि ढलान गर्ने योजनामा रहेको समेत स्थानीयले आरोप लगाएका छन् । कार्यालयका इन्जिनियरको मिलेमतोमा ठेकेदारले पुरानो पीच नउखाली खाल्डो मात्र पुर्ने योजनामा रहेको स्थानीयले बताए । भौतिक पूर्वाधार कार्यालयका प्राविधिक युवराज पटेलले सम्झौता बमोजिम ठेकेदराले गुणस्तर कायम राख्नुपर्ने बताए । ठेकेदारले वडाध्यक्ष अजय चौरासियाकै समन्वयमा काम अगाडि बढाएको इन्जिनियर पटेलले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

