राष्ट्रिय दैनिक / नवलपरासी , २६ वैशाख ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ मा महिला तथा किशोरीहरूको नेतृत्व तथा क्षमता विकास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने तालिम सम्पन्न भएको छ। वैशाख २१ गतेदेखि सञ्चालन भएको उक्त तालिममा वडाभित्रका ४५ जना महिला तथा किशोरीहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रम वडा सदस्य तुफानी लाल गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथि सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन रहनुभएको थियो।

कार्यक्रममा बोल्दै उपाध्यक्ष हरिजनले महिलाको सशक्तिकरण बिना समाजको समग्र विकास सम्भव नभएको उल्लेख गर्दै नेतृत्व विकासका यस्ता कार्यक्रमले महिलालाई आत्मनिर्भर र निर्णायक भूमिकामा पुग्न प्रेरणा मिल्ने बताउनुभयो।

कार्यक्रममा मन्तव्य राख्दै कार्यवाहक वडा अध्यक्ष नरेन्द्र चौधरीले महिलाहरूलाई आत्मनिर्भर, सक्षम र नेतृत्वदायी बनाउन यस्ता तालिम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह समेत गर्नुभयो।

त्यसैगरी वडा सचिव सन्चिता रौनियार, प्रशिक्षक शर्मिला पौडेल तथा सहभागीकाे तर्फबाट रश्मी काफ्ले ,पिंकि गुप्ता लगायतले महिलाको नेतृत्व विकास, सामाजिक सहभागिता र आत्मविश्वास अभिवृद्धिमा यस्ता तालिम प्रभावकारी हुने धारणा राखेका थिए।

तालिमको सहजीकरण प्रशिक्षक शर्मिला पौडेल र उमेश बि.क ले गर्नुभएको थियो। तीन दिनसम्म सञ्चालन भएको तालिममा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सञ्चार सीप, उद्घोषण कला तथा सामाजिक सहभागिता जस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन रमिता कुमारी चौधरीले गर्नुभएको थियो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

