देवदह मेडिकल कलेज एन्ड रिसर्च ईन्स्टिच्युट प्रा.लि. भलुही रुपन्देहीको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि एक दिने डेङ्गु रोग तथा नवजात शिशुलाई स्तनपान सम्बन्धि अभिमुखिकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
विनयी त्रिवेणी गा.पा. वडा न.६,७ र सुस्ता गा.पा.अन्तर्गतका वडा न.१ देखि ५ सम्म महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि डेङ्गु तथा नवजात शिशुहरुका लागि स्तनपान सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो।
एक दिने अभिमुखिकरण कार्यक्रममा देवदह मेडिकल कलेजका विशेषज्ञ डाक्टर मनोज गैरे र भानु न्यौपानेले सहजीकरण गर्दै डेङ्गु रोग रोकथाम नियन्त्रण र शिशुहरुलाई स्तनपान गराउने सम्बन्धि प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोख्रेलले डेङ्गु रोगबाट बच्न जनचेतनामूलक कार्यक्रम मार्फत रोकथाम गर्न सकिने बताउदै घर वरिपरि सरसफाइ लगायत कार्यमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो।
अध्यक्ष पोख्रेलले सामाजिक जिम्मेवार अन्तर्गत मेडिकल कलेजले नवलपरासी, रुपन्देही,कपिलवस्तु,पाल्पा,गुल्मी लगायत जिल्लाका रोगीहरुलाई विशेषज्ञ डाक्टरहरुबाट सफल उपचार गर्दै आएको बताउदै विपन्न र निमुखा वर्गलाई विशेष सुविधाजनक रुपमा सेवा पुर्याउदै आएको जिकिर पनि गर्नुभयो।
सो अवसरमा मेडिकल कलेजका जनसम्पर्क अधिकृत मुक्ति काफ्लेले कार्यक्रमको लक्ष्य, उद्देश्य बारे जानकारी गराउदै कलेजको सेवा क्षेत्र अन्तर्गतका नागरिकहरुलाई सेवा पुर्याउदै आएको जानकारी गराउनु भएको थियो।
उहाँले देवदह मेडिकल कलेजले स्वास्थ्य उपचार मात्र नगरेर डाक्टर उत्पादन गर्ने संस्था भएकोले यो संस्थाबाट नागरिकहरुले सवारीसाधनको माध्यमबाट सेवा पाएको धारणा राख्नुभयो।
अभिमुखिकरण कार्यक्रममा उपस्थित महिला स्वास्थ्य स्वयंसेविकाले आफुहरुले भोग्नुपरेका समस्या र समुदायलाई पुर्याएको योगदान बारे अन्तरक्रियात्मक छलफल भएको महिला स्वास्थ्य स्वयंसेविका तारादेवी अधिकारीले जानकारी दिनुभएको थियो।

कार्यक्रममा ५० को सङ्ख्यामा स्वयंसेविकाहरुको उपस्थिति रहेको आयोजकले बताएको छ।
यसै क्रममा देवदह मेडिकल कलेजका अध्यक्ष पोख्रेल संग हाम्रा समाचार प्रमुख आर.पि. उपाध्यायले संक्षिप्त कुराकानी गर्दै उहाँले स्वास्थ्य सेवाको क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले ग्रामीण भेगमा पहिलो लेबलको स्वास्थ्यकर्मी भएकोले उहाँहरुलाई रोग नियन्त्रण र नवजात शिशुलाई स्तनपान गराउने विधिबारे प्रशिक्षण दिएर आफ्नो कार्यक्षेत्रमा अझ बढी प्रचारप्रसारमा टेवा पुग्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरिएको प्रतिक्रिया दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

