Rashtriya Dainik

सियारिमा भुमिहिन ,सुकुम्बासी तथा अव्यवस्थित बसोबासिहरुको लगत संकलन सम्बन्धि अभिमुखिकरण

तुलसी राम पौडेल /सियारी ,फाल्गुन २३
रुपन्देहीको सियारी गाउपालिकामा भुमिहिन ,सुकुम्बासी अव्यवस्थित बसोबासिहरुको लगत संकलन प्रमाणिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
लुम्बिनी प्रदेश सासद तुलसी प्रसाद चौधरीले एक कार्यक्रमका बिच उक्त अभिमुखिकरण कार्यक्रमको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाले भुमिहिन ,सुकुम्बासी तथा अव्यवस्थित वसोवासिहरुको लगत संकलन निस्पक्ष रूपमा गरिनुपर्नेमा जोड दिनु भयो ।
गाउपालिका स्तरीय तथा वडा स्तरिय भुमिहिन ,दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित वसोबासिहरुको सहजीकरण समितिका सम्पूर्ण पदाधिकारीहरु, आयोगका कर्मचारीहरु लगायत ९० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो। अभिमुखिकरण कार्यक्रममा भुमिहिन ,सुकुम्बासी तथा अव्यवस्थित वसोवासिहरुको वारेमा नियम ,कानुनको जानकारी तथा लगत संकलन गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो ।
अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक अन्जन न्यौपाने ,राम भुसाल लगायतले सहजीकरण गर्नुभएको थियो ।

गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको अध्यक्षता, प्रदेश सासद तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता, भुमिहिन ,सुकुम्बासी तथा अव्यवस्थित बसोबासिहरुका जिल्ला अध्यक्ष बल बहादुर आचार्यको विशिस्ट आतिथ्यता, ,,विज्ञ सदस्य कृष्ण बहादुर कुवर ,गङ्गा कार्की , गाउपालिका उपाध्यक्ष अमृता गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईको आतिथ्यमा सम्पन्न कार्यक्रमको संचालन चिरञ्जीवी गौतमले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित