राजन कुमार बानिया
पर्सा २४ बैशाख
३५ वर्षदेखि बन्द अवस्थामा रहेका पर्साका महत्वपूर्ण छोटी भन्सारहरू पुनः सञ्चालनतर्फ अग्रसर भएका छन्।
माननीय टेक बहादुर शाक्य ज्यूको विशेष पहलमा ठोरी भन्सार र भिस्वा भन्सार सांसद निर्वाचित भएको एक महिनामै पुनः सक्रिय बनाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ।
लामो समयदेखि रोकिएको सेवा पुनः सञ्चालनमा आउनु स्थानीय व्यापार, रोजगारी तथा जनसहजताका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। केही समयभित्रै यी भन्सारहरू पूर्ण रूपमा सञ्चालनमा आउने तयारी भइरहेको छ।
साथै, वर्षौंदेखि बन्द रहेको जन्किटोला भन्सारलाई समेत पुनः सञ्चालनमा ल्याउने दिशामा माननीयज्यू निरन्तर प्रयासरत रहनु भएको छ।
जनताको आवश्यकता र क्षेत्रीय विकासलाई केन्द्रमा राखेर अगाडि बढाइएको यो पहल पर्सावासीका लागि सकारात्मक आशाको संकेत बनेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

