राष्ट्रिय दैनिक / नवलपरासी ,२४ बैशाख
नेपाली काङ्ग्रेस प्रतापपुरमा राजनीतिक तरंग पैदा भएको छ।
पार्टीका कार्यबाहक सभापति राजु प्रसाद अधिकारीले लामो राजनीतिक यात्रालाई विराम दिँदै पदबाट राजीनामा दिएका छन्।
अधिकारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको राजीनामामा पार्टीभित्र बढ्दो गुटबन्दी, आपसी खिचातानी र “एकले अर्कोलाई सिध्याउने प्रवृत्ति” प्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले यस्तो वातावरणमा आफू सहभागी हुन नसक्ने स्पष्ट उल्लेख गर्दै प्रदेश कार्यसमितिलाई सम्बोधन गरेर राजीनामा बुझाएका हुन्।
वि.सं. २०४६ सालको जनआन्दोलनपछि नेपाली काङ्ग्रेसमा सक्रिय रहँदै आएका अधिकारीलाई इमानदार र निष्ठावान कार्यकर्ताको रूपमा चिनिने गरिन्थ्यो। उनको राजीनामाले प्रतापपुरको मात्रै होइन, समग्र नवलपरासी काङ्ग्रेस राजनीतिमा नयाँ बहस र तरंग सिर्जना गरेको छ।
स्थानीय राजनीतिक वृत्तमा अहिले एउटा प्रश्न गुञ्जिरहेको छ —
“के यो राजीनामा केवल व्यक्तिगत निर्णय हो, वा पार्टीभित्रको गहिरिँदो असन्तुष्टिको संकेत?”
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

