राष्ट्रिय दैनिक / नवलपरासी ,२२ बैशाख
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ९ को सहयोग तथा पञ्चनगर स्वास्थ्य चौकीको आयोजनामा साेमवार‘हेल्दी बेबी कम्पिटिसन’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष चन्द्रकान्त चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्दघाट नगर स्वास्थ्य शाखा प्रमुख ईश्वरीप्रसाद न्यौपाने, बेस नेपाल नवलपरासीका कार्यक्रम संयोजक शालिकराम पोखरेल तथा नगर पोषण सहजकर्ता रिता काफ्ले लगायतको उपस्थिति तथा मूल्याङ्कनमा कार्यक्रम अघि बढाइएको थियो।

कार्यक्रममा पोषण कर्नर स्थापना गरी बालबालिकाको स्वास्थ्य र पोषण सम्बन्धी विभिन्न जानकारीमूलक सामग्रीहरू प्रदर्शन गरिएको थियो। प्रतियोगितामा ६ महिनादेखि २३ महिनासम्म र २४ महिनादेखि ५९ महिनासम्म गरी दुई समूहमा बालबालिकाहरूको पोषण अवस्था, वृद्धि तथा अन्य स्वास्थ्य सूचकहरूको आधारमा मूल्याङ्कन गरिएको थियो।

नतिजा यसप्रकार रहेका छन्:
🔹 पहिलो समूह (६–२३ महिना)
प्रथम: रियान्सी बि.क.
द्वितीय: विविधता श्रेष्ठ
तृतीय: आर्षित बि.क.
🔹 दोस्रो समूह (२४–५९ महिना)
प्रथम: निश्चल चौधरी
द्वितीय: अवान्तिका सुवेदी
तृतीय: प्रतिक चापागाई

उत्कृष्ट स्थान हासिल गर्ने बालबालिकाहरूलाई मेडल, प्रमाणपत्र, एक क्यारेट अण्डा तथा पोषण सामग्री प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, ‘सुनौलो हजार दिन’ का आमाहरू तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस्तो कार्यक्रमले बालबालिकाको समुचित पोषण, स्वस्थ वृद्धि र समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

