Rashtriya Dainik

महिला सशक्तिकरणतर्फ सरावल–२ को पहल : ४५ सहभागीको तीनदिने नेतृत्व तालिम सुरु

राष्ट्रिय दैनिक / नवलपरासी ,२२ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ मा महिला तथा किशोरीहरूको नेतृत्व तथा क्षमता विकास अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम कार्यक्रम सुरु गरिएको छ।

२१ गतेदेखि सञ्चालन भएको उक्त तालिममा वडा भित्रका ४५ जना महिला तथा किशोरीहरूको सक्रिय सहभागिता रहेको छ।
कार्यक्रम सरावल–२ का कार्यवाहक वडा अध्यक्ष नरेन्द्र चौधरीको अध्यक्षतामा उदघाटन सत्र सम्पन्न भएको हो भने प्रमुख आतिथ्य सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गरेका थिए।

सो अवसरमा बोल्दै अध्यक्ष चौधरीले “महिला र किशोरी सशक्तिकरण नै समृद्ध समाजको आधार हो” भन्दै यस्ता तालिमहरूले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा मन्तव्य राख्दै वडा सदस्य तुफानी गुप्ताले महिलाहरूलाई आत्मनिर्भर र नेतृत्वदायी बनाउन यस्ता तालिम अत्यावश्यक रहेको बताए।

तालिमको सहजीकरण प्रशिक्षक शर्मिला पौडेल र उमेश बि.कले गरिरहेका छन्। तीन दिनसम्म सञ्चालन हुने तालिममा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सञ्चार सीप,उदघाेषण तथा सामाजिक सहभागिता जस्ता विषयहरूमा प्रशिक्षण दिइनेछ।
कार्यक्रमको सञ्चालन वडा सचिव सन्चिता रौनियारले गरेकी थिइन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित