Rashtriya Dainik

डाक्टरसहित सांसदको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न

राजन कुमार बानिया
पर्सा १९ बैशाख
ठोरी गाउँपालिकामा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको “डाक्टरसहित सांसदको घरदैलो” निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
माननीय टेकबहादुर शक्यको पहल तथा प्रभु अस्पतालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा स्थानीय नागरिकलाई घरआँगनमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको थियो।
कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिएको थियो। सेवा प्रदान गर्न अनुभवी चिकित्सकहरू डा. प्रयास तिमिल्सिना र डा. सुरुची श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको थियो। स्वास्थ्य सेवा पहुँचभन्दा टाढा रहेका नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन्।
“जनताको सेवा नै हाम्रो दायित्व हो” भन्ने भावनासहित सञ्चालन गरिएको कार्यक्रममा सहभागी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित