काठमाडौँ,१८ बैशाख
इन्धन बजारमा नयाँ समायोजनसँगै सर्वसाधारणले केही राहत महसुस गर्ने भएका छन्। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ भने खाना पकाउने ग्यास र हवाई इन्धन महँगिएको छ।
निगमले जारी गरेको सूचनाअनुसार शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँ कटौती गरिएको हो।
नयाँ मूल्य अनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेल २२२ रुपैयाँ ५० पैसा कायम भएको छ। तर, उपभोक्ताको भान्सामा भने असर परेको छ। खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि भएसँगै अब मूल्य २१६० रुपैयाँ पुगेको छ। त्यस्तै, हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ७ रुपैयाँ बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रति किलोलिटर ४६ अमेरिकी डलर वृद्धि गरिएको छ।
पेट्रोल–डिजेल सस्तो हुँदा यातायात र दैनिक उपभोगमा केही सहजता आउने अपेक्षा गरिए पनि ग्यासको मूल्यवृद्धिले घरायसी खर्चमा थप दबाब पर्ने देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

