Rashtriya Dainik

“विनयी त्रिवेणी–७ मा बुद्ध पूर्णिमा पूर्व धम्म पदयात्रा र जनसहभागिता”

आरपि उपाध्याय / नवलपरासी ,१७ बैशाख

ज्योति बौद्ध बिहार गुम्बा समिति विनयी त्रिवेणी ७ शिवपुरगढी पूर्वी नवलपरासीको आयोजनामा बुद्ध पुर्णिमाको पूर्व सन्ध्यामा धम्म शान्ति पदयात्रा सहित वृहत् भेला सम्पन्न भएको छ।

गुम्बा समितिका अध्यक्ष समेत रहनु भएका प्रमुख लामा सिंह बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
बुद्ध पुर्णीमाको पूर्व सन्ध्यामा निकालिएको शान्ति पदयात्रामा प्रसैया आमा समूह,मिलिजुली आमा समूह शिवपुरगढी,नव दुर्गा आमा समुह, बागेश्वरी आमा समूह रानीनगर, कालिका आमा समूह विष्णुनगर र प्रगती आमा समुहको पदयात्रामा सहभागिता रहेको गुम्बा समितिका सचिव बिन बहादुर थापाले जानकारी दिनुभयो।

साँझ ४ बजेको समयमा निकालिएको पदयात्राका सहभागिहरुले मिलनचोक, दुई नहर बिछ टोल,रानीनगर बजार परिक्रमा गरि ज्योति बौद्ध बिहार गुम्बामा पुगि भगवान बुद्धको मुर्तिमा दीप प्रज्वलन गर्दै भगवान बुद्धले दिनुभएको योगदान र शिक्षाबारे जानकारी गराइएको थियो।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीले बुद्ध शिक्षाको माध्यमबाट समुन्नत समाजको विकास गर्न सकिने बताउदै बुद्ध शिक्षा वर्तमान समयमा पनि निकै सान्दर्भिक रहेको धारणा राख्नुभयो।

शान्ति पदयात्रामा आएका आमा समुहका अध्यक्ष र प्रतिनिधिहरुले बौद्ध शिक्षाको माध्यमबाट परिवारमा सुख,शान्ति र समृद्धिका साथै देशमा दिगो शान्तिको महाकामना पूरा गर्न सकिने प्रतिक्रिया दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित