उमेश बि.क / नवलपरासी , २२ फागुन
नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४
पुर्नहामा तेस्रो खुला कृकेट प्रतियाेगिता सुरु भएको छ।
सगरमाथा युवा क्लब सरावल ४ पुर्नहाकाे अायाेजना तथा सरावल गाउँपालिकाकाे सहयोगमा क्लबका अध्यक्ष केयामुदिन अलिकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता एवम् वडा नम्बर ४ वडा अध्यक्ष छाेटेलाल यादवकाे बिशिस्ट अातिथ्यतामा कृकेट प्रतियाेगिता सुरु हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले खेलकुद मानव स्वास्थ्यकाे लागि लाभदायक छ । यसले संगठित गर्नुकाे साथै अात्मियता प्रदान गर्दछ। युवालाई कुलतबाट बचाउन ठुलाे मद्दत गर्दछ । साथै खेलकुद पनि अन्य बिकासकाे तुलनामा एउटा बिकास हाे। खेलकुद तथा खेलाडी बिकासमा
सरावल गाउँपालिकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयाेग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।

त्यस्तै प्रतियाेगितालाई सम्बाेधन गर्दै वडा अध्यक्ष यादवले खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभयो ।
तेस्रो खुला कृकेट प्रतियाेगितामा वडा नं. ४ का वडा सदस्य सुर्यनरायण यादव ,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका सभापति विनाेद पाण्डे ,सरावल खेलकुद अध्यक्ष महेन्द्र चाैधरी लगाएको बाेल्नु भएको थियाे।
प्रतियाेगितामा ३० टिम सहभागीता रहेकाे छ । प्रथम हुने समुहलाई २० हजार मेडल प्रमाणपत्र र दृतिय हुने समुहलाई १० हजार मेडल प्रमाणपत्र प्रदान गरिने अायाेजकले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

