२२ फाल्गुन २०७७, शनिबार सुरेश कुमार पांन्डेय
कपिलवस्तु । शनिबार दिउँसो ३:३० बजेको समयमा कपिलवस्तु नगरपालिका ४ गोपालपुर स्थित प्रहरी निरीक्षक जगन्नाथ मरासिनिको कमाण्डमा खटिएका ५ जनाको गस्ति टोलीलाई देखी भारतबाट नेपाल तर्फ अबैध रुपमा लु १ ह ३५१२ न.को अटो रिक्सामा बोईलर कुखुराको काटेको मासु र अटो रिक्सा छाडी चालक फरार भएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार उक्त मासु अन्दाजी डेढ कुन्टल करीब ५४,०००।–(चौवन्न हजार) मुल्य बराबरको थियो। प्रहरीले बरामद गरेको कुखुराको मासु खाल्टोमा पुरी नष्ट गरेको छ भने अटो रिक्सा सुठौली भंसार कार्यालय कपिलवस्तु पठाउने पहल गरिरहेको जनाएको छ ।

त्यस्तै शनिबार ४:३० बजेको समयमा शुद्धोधन गाउपालिका वडा नं.-५ फुलुवापुर स्थित भारत बाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि बोकेर ल्याउदै गरेको ४० किलो अन्दाजी मुल्य रु.२०,०००।–(बिस हजार) बराबरको मांगुर जातको भुरा माछा प्र.ना.नि.रमेश गुरुङको कमाण्डमा खटिईएका टोलीले बरामद गरेको छ ।
उक्त टोलीलाई देख्न साथ उक्त व्याक्तीले समान छाडी फरार भएको थियो । प्रहरीले माछा नियन्त्रणमा लिई खाल्डोमा पुरी नष्ट गरिएको जनाएमको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

