Rashtriya Dainik

महिनवारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक सम्बादाता / नवलपरासी ,२२ फाल्गुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मा
किशाेरिहरुलाई महिनवारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ ।

समृद्धी सामाजिक विकास संस्थाकाे अायाेजना तथा सरावल गाउँपालिका वडा नम्बर ६ काे कार्यलयकाे सहयाेगमा संवाद केन्द्र मा अध्यनरत किशोरीहरुलाई महिनवारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण कार्यक्रम
सम्पन्न भएको हाे ।

संस्थाका अध्यक्ष महेश यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अतिथतामा तुलसि संवाद केन्द्र बडसार मा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले किशोरीहरुलाई सरसफाइमा बिशेष ध्यान दिई पढाइलाई निरन्तर्ता दिदै महिनवारी अाएकाे बेलामा स्वास्थ हेरचाह गर्नु र उपयुक्त प्याड युज गर्नुपर्ने बताए । साथै साे बेलामा सरसफाइका साथ विभिन्न राेगहरुकाे सिकार हुनु बाट बच्न र महिनवारि अाएकाे बेलामा के कस्ता समस्य र फाेहाेरले गर्दा राेग लाग्न सक्छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने कुराकाे ज्ञान लिई ब्यक्तिगत सरसफाइमा बिशेश ध्यान दिन बताउदै वर्तमान समयमा किशोरीहरुलाई यस्ता तालिमहुरुकाे अावश्क्ता भएको र किशोरीहरुलाई अावश्क परेकाे बेलामा विभिन्न जनचेतनामूलक तालिम सञ्चालन गर्नका साथै समस्या समाधान गर्नका लागि अाफु सधै लाग्ने बताउदै अायाेजक संस्था पर्ति अभार प्रकट गर्नुभएको थियो ।

साे अवसरमा बाेल्दै अध्यक्ष यादवले बिगतका समय र बर्तमान समयमा धेरै नै फरक भएकोले किशोरीहरुलाइ पुर्खाले प्याडकाे रुपमा कपडा लगाउने प्रचलन हटाउनुपर्ने र बर्तमान समयमा प्रयाेगमा अाएकाे बैज्ञानिक पद्धति बाट उत्पादित उपयुक्त प्याड लगाउनुपर्ने बताए । र महिनवारी अाएकाे बेलामा घरबाट टाढा बस्ने छाेएकाे बस्तु वा खानेकुरा नखाने जस्ता अन्धबिश्वास र कुप्रथा लाई समुदायमा जनचेतना जगाई समाज लाई सुदृढ गर्ने र महिनवारीकाे समयमा महिला प्रति हेर्ने नकारात्मक साेच र भेदभाव लाई नियुनिकरण गर्ने बताउनुभयाे ।

तुलसि संवाद केन्द्र का एनिमेटर सन्धया यादवकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष कैलाश यादवकाे बिशिस्ट अतिथता र वडा सदस्य नेमनरायण यादव , पत्रकार सुरेश यादव लगायतको अतिथता रहेको कार्यक्रममा किशान संवाद केन्द्र र तुलसि संवाद केन्द्रका ५५ जना किशोरीहरुकाे सहभागीता रहेको थियो । साे कार्यक्रममा कुशल प्रशिक्षक ए.न.मि सपना सुनारले प्रशिक्षण गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित