राष्ट्रिय दैनिक / नवलपरासी ,३० चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ गडौरीमा अवस्थित महेन्द्र जनता माध्यमिक विद्यालयमा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जन्मेजय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष छोटेलाल गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा समाजसेवी अनिल गौड, समाजसेवी बिरेन्द्र यादव, शैक्षिक व्यक्तित्व रबिन्द्र कुमार कहाँर, विद्यालयका प्रधानाध्यापक श्रवण सहानी , सहायक प्रधानाध्यापक सन्दिप मिश्रा ,पत्रकार उमेश बि.क लगायतले मन्तव्य राख्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र सुधारका लागि महत्वपूर्ण सुझाव दिएका थिए।

अन्तरक्रियामा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने तथा नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै प्रभावकारी भर्ना अभियान सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो। सहभागी अभिभावकहरूले पनि विद्यालयको विकास र गुणस्तर सुधारमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा शैक्षिक सुधारका नयाँ योजना कार्यान्वयन गर्ने विश्वास व्यक्त गरिएको छ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

