अजय बर्मा कपिलबस्तु फागुन २२
पछिल्लो समय कपिलबस्तुको सिमा क्षेत्रमा भारतिय जंगलबाट बदेल मार्ने र नेपाल भित्राउने क्रम बढेको छ । जिल्लाको मर्यादपुर नाका हुदै तस्करहरुले जंगली जनावर बंदेल नेपाल भित्राउने गरेका छन् ।
शुक्रवार बिहान करिब ५ बजे शसस्त्र प्रहरी बोर्डर आउटपोष्ट मर्यादपुरबाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहको कमाण्डमा खटिएको ६ जनाको मोबाईल गस्ती टोलीले यशोधरा गाँउपालिका– ६ पुन्निहवा भन्ने स्थानमा भारतबाट लुकाई छिपाई ल्याईएका ३ वटा जंगली बदेल र यू.पी. ५५ ए ५५४८ नम्बरको भारतिय हिरो होण्डा मोटर साईकल सहित नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ३ वटा जंगली बदेल मृत अवस्थामा रहेका छन् भने ती बदेलहरुको वजन १ सय ८० किलोग्राम रहेको छ ।
गस्तीमा रहेको शसस्त्र प्रहरीको टोलीलाई देखेपछि बंदेल तस्करहरु भागेपछि प्रहरीले मोटरसाईकलमै रहेका ३ वटा बदेल नियन्त्रणमा लिएको हो । शसस्त्र प्रहरीटोलीले नियन्त्रणमा लिएका बदेलको मुचुल्का तयार गरी डिभिजन बन कार्यालय कपिलबस्तुमा बुझाएको शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी गराएका छन् ।
नियन्त्रणमा लिएका बदेल भारतिय जंगलबाट लिएर तस्करहरुले नेपाल भित्राउने गरेको स्थानियको भनाई छ । शसस्त्र प्रहरीले नाकामा कडाई गरे पनि तस्करी नियन्त्रणमा आउन सकेको छैन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

