Rashtriya Dainik

एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा

बिरगंज २२ फागुन
नारायणी रंगशालामा जारी एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबले जितेको छ।
पहिलो टस जिती ब्याटिङ रोजेका वीरगन्ज स्पोर्ट्स क्लबले ३५ ओभरको खेलमा ५ विकेट गुमाई २४० रन जोडेका थिए। जसमा सर्वाधिक १२० रन ९८ बलमा हासिम अंसारीले हानेका थिए। जवाफदेहीमा यूनाईटेड क्रिकेट क्लबले ३३ ओभरमा अलआउट हुँदै २०० रन बनाएका थिए।आजको फाईनल खेलमा वीरगन्ज स्पोर्ट्स क्लबले ४० रनले जित हासिल गरेका थिए।
खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज र उत्कृष्ट ब्याट्सम्यानको उपाधि हासिम अंसारी ले आफ्नो नाम गरेका थिए।

आजको फाईनल खेलमा अम्पाएरिङ कृष्ण झा र मैनुद्दिन अंसारीले गरेका थिए। प्रतियोगिता शायद अलिको सभापतित्वमा भएको हो। कार्यक्रमको संचालन र कमेन्ट्री हासिम हवारीले गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित