Rashtriya Dainik

बिरगंजमा कल्भर्ट पुलको शिलान्यास

बिरगंज २२ फागुन ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम पर्सा क्षेत्र न .१ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबले विकासको निर्माणमा आफु अनरत लागी रहेको कुरा बताउनु भएको छ ।उहाले जनचाहना अनुसार क्षेत्रको विकास निर्माणका योजनाहरुलाई तिब्रता दिएको बताउनु भएको छ । वीरगञ्ज महानगरपालिका वडा न .१४ बहुअरीमा कल्भर्ट पुलको शिलान्यास गर्दै सांसद यादबले सर्वोच अदालतको निर्णय पछि आफुले विकासका कार्यहरुलाई झन तिब्रता दिएको बताउनु भयो । संसद विघटन पछि विकास निर्माणका कामहरु अलपत्र पर्छन् कि भन्ने चिन्ता बढेको बेलामा सर्वोच्च अदालतको निर्णयले आफुलाई जनताको सेवाप्रति थपउर्जावान बनाएको बताउनु भयो ।
बहुअरी स्थित मर्लैया खोलामा कल्भर्ट पुलको शिलान्यास गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका नेता यादबले नागरिकले विकासका लागी सांसदहरुलाई समय समयमा स्थानिय जनप्रतिनिधि एवम अगुवा कार्यकर्ताहरुले झकझक्याइ राख्नुपर्ने बताउनु भयो । नागरिक जागरुप नहुँदासम्म विकास निर्माणले तिब्रता लिन नसक्ने उहाको भनाई छ ।
सांसद यादवको संसदीय कोषबाट रु। १५ लाखको लागतमा निर्माण हुने कल्भर्ट १८ फिट लम्बाई १५ फिट चौडाई रहेको छ । नइम अन्सारीको अध्यक्षतामा गठित उपभोक्ता समितिले कल्भर्ट निर्माणको काम थालनी गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
वडा न। १४ का वडाअध्यक्ष भरत प्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न भएको शिलान्यास कार्यक्रममा प्रदेश सभासदस्य जन्नत अन्सारी, वडासदस्य रफिक अन्सारी, जावेद एकल हैदर, महबुब एलाही अन्सारी, दिलसाद अन्सारी ,कासिम अन्सारी, जैहरुदिन अन्सारी, अब्दुसमन अन्सारी, आजाद हुसैन र अब्दुर रउफ अन्सारी लगायतको उपस्थिती रहेको थियो
दशकौ देखि घुमाउरो बाटो भएर आउने समस्याका समाधान हुने स्थानियको भनाइ रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित