Rashtriya Dainik

भगवती इंग्लिस बोर्डिङ्ग स्कुलको २८ औं वार्षिकोत्सव भव्य, नतिजा सार्वजनिकसहित पुरस्कार वितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,२७ चैत

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१७ पटखौलीस्थित भगवती इंग्लिस बोर्डिङ्ग स्कुलले आफ्नो २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।


शिक्षक राजन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी तथा शैक्षिक व्यक्तित्व विशेश्वर प्रसाद तिवारी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले गुणस्तरीय शिक्षासँगै नैतिक शिक्षाको विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

कार्यक्रममा शैक्षिक व्यक्तित्व केशव चौधरी, समाजसेवी रामउग्र यादव, विद्यालयका प्रिन्सिपल माधव थापा, सहायक प्रिन्सिपल भुप नारायण चौधरी, अभिभावक योगेन्द्र प्रसाद यादव तथा विद्यार्थी प्रतिनिधि आदित्य तिवारी र करिश्मा चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले विद्यालयको शैक्षिक प्रगति, अनुशासन र समग्र विकासप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट बन्न शुभेच्छा व्यक्त गरे।

शिक्षिका कविता यादवले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन उमेश बि.क.ले गरेका थिए।


कार्यक्रमको अवसरमा विद्यालयले “बेस्ट टिचर अवार्ड”बाट शिक्षिका रुकमिनि चौधरी कुर्मी तथा सहायक प्रिन्सिपल भुप नारायण चौधरीलाई सम्मान गरेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यालयले शैक्षिक सत्रको नतिजा सार्वजनिक गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।

विद्यालयले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै व्यवस्थापन पक्षले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित