Rashtriya Dainik

ल है फेरि आयो मार्च ८ !

हरेक बर्ष सदा झैं यस वर्ष पनि मार्च आठ आएको छ । यस पटक पनि ल है साथीहरु यो कार्यक्रमलाई भव्यताका साथ मनाउनु पर्छ । बरु के कस्ता कृयाकलाप गर्ने हो अग्रिम छलफल गरौं है भन्दै विभिन्न कार्यालय, संस्थाका कर्मचारीहरुले यस कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनी बैठक र समन्वय गरि रहेका छन ।

विगतका वर्षहरुमा पनि यस दिन यसै गरि कार्यक्रम गरिएका थिए । संघ संस्थाका र सरकारी कर्मचारीहरु सहभागी भएका थिए । भाषण भयो, नारा लगाईयो, प्लेकार्डहरु र ब्यानर बोकेर हिंडियो नारी दिवस मनाईयो । यो क्रम जारी नै छ हाम्रो नेपालमा निरन्तर ।
महिला सशक्तिकरणबाट नै महिला हिंसा र महिलाको विकास सम्भव भएको सर्वविद्धितै छ । तर सशक्तिकरणका कृयाकलापहरु के साँच्चिकै प्रभावकारी भएका छन त भनि प्रश्नहरु आउँदछन । यू एन सचिवालयको प्रतिवेदन अनुसार विश्वमा नै महिला विकासको सूचाकांक सन्तोषजनक पाईंदैन । विश्वमा जम्मा २२ वटा देशहरुमा मात्र महिलाको नेतृत्व रहेको छ । प्रतिशतमा हेर्नेहो भने २४.९ प्रतिशत महिला मात्र महिलाहरु मात्र संसदमा उपस्थित रहेको छ । नेपालको सन्दर्भमा महिला लक्षित कार्यक्रमहरुलाई प्रभावकारी रुपमा उनीहरुको पहुँच सम्म पुर्याउनकोलागि अझ मिहिन रुपमा जानु पर्ने देखिन्छ । विभिन्न परियोजनाहरुले लैंगिक सवालहरुलाई उठान गर्न त गरेका छन तर ती सवालहरु सतही रुपमा मात्रै छलफल गरिन्छ । लक्षित वर्ग सम्म किन के कारणले उनीहरु सम्म नै पुग्न सकेका छैनन त भनी विश्लेषण गर्नु अत्यावश्यक छ । मातृ सत्तात्मक सोच विचार र पक्ष पोषणको कारणले हाम्रा गाउँघरहरुमा, तराईका भित्री मधेशमा भएका आमा दिदी बहिनीहरुको स्थिती हेर्दा उनीहरुले आफूमाथि भईरहेको हिंसाहरु, विभेदहरु र असमानताहरुलाई अनुभूत गर्न सकेका छैनन । यसरी उनीहरुले आफ्नो जिवनका कति बसन्त र दशकहरु विताइए सकेका छन । उनीहरुले हिंसा र विभेदलार्ई आफ्नो नियमित जिवन भोगाईहरु दैनिकीको रुपमा लिईरहेका छन । उनीहरुलाई सम्पत्तिमाथिको अधिकार, निर्णयको अधिकार, असमान ज्याला जस्ता विभेदहरु हुदाहुँदै पनि महिलाहरुको जिम्मेवारी यथावतै रहेको छ । पुरुषहरुको तुलनामा महिलाहरुको कार्य बोझ बढि छ । घरमा घरायसी कामहरु जस्तै बाल बच्चाको स्याहार सुसार, बृद्धहरुको हेरचाह देखि पशुपालन, घर बाहिर देखि भित्रको जिम्मेवार सम्हाल्नु परिरहेको छ । के यहि नै महिलाहरुको नियति हो त ?

यस वर्षको ८ मार्च २०२१ को अन्तर्राष्ट्रिया नारी दिवसको नारा महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार रहेको छ । हामीले माथि संक्षिप्तमा चर्चा गर्यौं कि महिलाको हक अधिकारको सिमितता र अवसरको विभेद सम्बन्धमा । साँच्नै नै महिला हक अधिकारको सुनिश्चित र सफल कार्यन्वयनकोलागि महिला पुरुष दुबैको एक आपसमा बलियो सहकार्य र समन्वय बिना सम्भव देखिदैन । महिला प्रति गरिने नकरात्मक सोच र व्यावहार जब सम्म परिवर्तन गरिंदैन तव सम्म महिला सशक्तिकरणका कार्यक्रम सफल हुन सक्दैनन । हामी रथका दुई पांग्रा भन्ने उक्ति उजागर गर्न महिला पुरुषको बीचको पक्का भावनात्मक र सैद्धान्तिक समन्वय र सहकार्यले मात्रै परिणाम ल्याउँदछ ।

यो वर्ष हामीले फेरि ८ मार्च को अन्तराष्ट्रिय नारी दिवस मनाउँदै गर्दा कतै हाम्रा आमा दिदी बहिनीहरुलाई अत्तो पत्तो नभाको छ कि ? नेपालीमा उखान एउटा भनाई छ जसको विहा उसैलाई अगि नल्या भने जस्तो हुनु हुँदैन । हाम्रो यो अभियान सारा कुना कन्दरामा रहेका सम्पूर्ण महिलाहरुलाई मूलप्रवाहीकरणमा ल्याउने किसिमको हुन पर्दछ । यसको लागि सम्पूर्ण अभियानकर्ताहरुले महिलाका सवालहरुमा सतही कृयाकलापहरु गरेर मात्र सम्भव छैन । यसकोलागि सबैको उद्धेश्यपरक र निस्वार्थ योगदान चाहिन्छ । हामीले के गर्नु भयो होईन कि मैले के गरेको छु भन्ने उदाहरणीय जिवन प्रस्तुत गर्नु जरुरी छ ।
आजै देखि लैंगिक समानता पूर्ण समाज निर्माण गर्नको लागि महिला माथि हुने गरेका पितृसत्तात्मक सोच र व्यावहारहरुलाई बदल्नु पर्दछ । महिलाकोलागि स्व निर्णयको अधिकार र समान अवसरको लक्ष्य हाँसिल गर्न एक जुट होऔं ।

तेज गैरे
भरतपुर २ चितवन
हाल : बर्दघाट ४ नवलपरासी

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित