शुक्रबार लखनपुरमा कोभिंड बिरुद्धकाे खोप कार्यक्रमकाे लागि जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
खोप कार्यक्रम फागुन २३ देखि २६ गतेसम्म सञ्चालन गरिने बताइएको छ ।
कार्यक्रममा पहिलो दिन साविक वडा नं ७,८, र ९ का नागरिकहरु राख्ने र दोस्रो दिन साविक वडा नं ४, ५ र ६ अनि तेस्रो दिन वडा नं १ ,२, र ३ कालाई लगाउने स्वास्थ्य चौकी इन्चार्ज रिना जैसवालले बताउनु भएको हाे।
कार्यक्रममा वडा अध्यक्ष लालबहादुर यादव, वडा सदस्य धर्मराज साह तेली, मुनि खातुन, वडा सचिव गणेश साह, पत्रकार अर्जुन शाह र प्रधाना ध्यापक दिनेश साह कानु लगायतकाे उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

