Rashtriya Dainik

जनताको सुख दुखमा साथ दिदै वडा अध्यक्ष अणेन्द्र नाथ राय

राष्ट्रिय दैनिक / नवलपरासी ,२२ फागुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अणेन्द्र नाथ रायले जनताकाे दुखकाे मलहम बनेका छन ।

अाफ्नाे वडा भित्र पर्ने हरेक जनताको सुख दुखमा साथदिदै अाइरहेका छन । काधकाे हड्डी भाचिएर अस्पताल भर्ना भएका सुनिल बि.क भेट्न वडा अध्यक्ष राय अस्पताल पुगेका हुन।

तेस्रो सरावल अध्यक्ष कप फुटबल खेल खेल्ने क्रममा वडा नम्बर ३ का खेलाडी बि.क काे
काधकाे हड्डी भाचि बुटवलको लुम्बिनी सिटि अस्पतालमा वडा अध्यक्ष राय पुगि डिस्चार्ज गराई अाफ्नै गाडिमा घर ल्याएका हुन ।

वडा अध्यक्ष रायले बिरामी घर ल्याइ उपचारमा लाग्ने खर्च अाफुले वडाबाट समेत पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हाे।

अध्यक्ष रायले बि.क काे अवस्था बुझेर स्वास्थ्य लाभको कामना समेत गरेका हुन ।

जनप्रतिनिधिको मुख्य दायित्व नै आपत बिपतको समयमा जनताको काँधमा काँध मिलाइ विपतसंग लडनु पर्ने सोंचका साथ वडाअध्यक्ष रायले यस्तो उदाहरणीय कार्य समेत गरेका हुन । जनतालाई आइ पर्ने कुनै पनि संकटमा साथ दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित