Rashtriya Dainik

फजुल खर्च नगरी मानवसेवा: अस्पतालमा छतको पंखा र विद्यालयमा निर्माण सामग्री सहयोग

प्रिन्स मिश्रा / कपिलवस्तु,१० चैत

पछिल्लो समय फरक शैलीमा जन्मदिन मनाउने चलन बढ्दै गएको छ। केवल केक काट्ने, होटलमा पार्टी गर्ने वा घुमघाममा फजुल खर्च गर्ने भन्दा माथि उठेर मानवसेवा जीवनको सर्वोत्तम कार्य ठानी जन्मदिनको अवसरमा अस्पताल, विद्यालय, मठ, मन्दिर र बाल गृहमा सहयोग गर्ने कार्यहरू बढ्दै गएको देखिन्छ।

यस्तै उदाहरण कृष्णनगर नगरपालिका–९ निवासी समाजसेवी निर्भय सिंहले प्रस्तुत गरेका छन्। उनले आफ्नो जन्मदिनमा फजुल खर्च नगरी शिवराज अस्पतालमा ४ थान छतको पंखा प्रदान गरेका छन्।

सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह, मेडिकल सुप्रीटेंडेन्ट डा. हरि प्रसाद पाण्डेय, डा. दुर्गेश लाल चौधरी, डा. बृजेश जायसवाल, नर्सिङ शाखा प्रमुख बिन्दु पुन, अश्मिता, रुपेश झा, फार्मेसी शाखाका सुरेन्द्र चौधरी लगायतको उपस्थिती रहेको थियो।

साथै, उनले शिव प्रताप मावि भलवारीमा निर्माण हुँदै गरेको मन्दिरमा १० हजार बराबरको निर्माण सामग्री र टायल्स सहयोग गरेका छन्।
समाजसेवी निर्भय सिंहका यस उदार कदमले जन्मदिनको अवसरमा मानवसेवा गर्न प्रेरणा दिने उदाहरण प्रस्तुत गरेको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित