राष्ट्रिय दैनिक / नवलपरासी ,९ चैत
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ लोहरौलीमा लोहरौली पोखरी सुन्दरीकरण तथा २५ फिट अग्लो दुर्गा मूर्ति निर्माण कार्यको शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले एक कार्यक्रमका बीच उक्त योजनाको शिलान्यास गर्नुभएको हो।

शिलान्यास गर्दै अध्यक्ष गुप्ताले धार्मिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले योजना अघि बढाइएको बताउनुभयो। उहाँले यस कार्यले स्थानीय स्तरमा पर्यटन प्रवर्द्धनसँगै धार्मिक आस्थालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

उक्त आयोजना सम्पन्न भएपछि क्षेत्रको सौन्दर्य अभिवृद्धि हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ। स्थानीयवासीले समेत योजनालाई स्वागत गर्दै समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न आग्रह गरेका छन्।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

