Rashtriya Dainik

कालिकामाई गाउँपालिकामा ५५ लाख लागतमा विद्यालय भवन निर्माण सुरु

राजन कुमार बानिया / पर्सा, ९ चैत

पर्साको कालिकामाई गाउँपालिका–५ बिरंचीबर्वास्थित दिव्य कन्या माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले विधिवत पूजा–पाठ गर्दै भवन निर्माणको सुरुवात गरेका हुन्।

करिब ५५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको ४ कोठे विद्यालय भवन गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत निर्माण गरिने जनाइएको छ।

शिलान्यास कार्यक्रम वडा अध्यक्ष जयनारायण पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जतन राउतसहित उमेश तिवारी, उमेश चौहान, बृजेश तिवारी, महन्त राउत, सुमेश तिवारी, बृजकिशोर चौहान लगायत वडा सदस्य तथा महिला सदस्यहरूको सहभागिता रहेको थियो।

स्थानीय स्तरमा शैक्षिक पूर्वाधार सुदृढ बनाउन भवन निर्माणले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित