राजन कुमार बानिया /पर्सा, ९ चैत
पर्साको धोबिनी गाउँपालिका–४ लंगडीस्थित श्री काली प्रसाद लाखे माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ का ३९ जना छात्र–छात्रालाई एक कार्यक्रमका बीच विद्यालय पोसाक वितरण गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित वडा अध्यक्ष आवास मियाले विद्यार्थीहरूलाई कोट, पाइन्ट, सर्ट, जुत्ता र टाई प्रदान गर्दै सम्मान गरेका हुन्।
पोसाक वितरण गर्दै वडा अध्यक्ष मियाले विद्यार्थी जीवनपछि नयाँ जिम्मेवारी र संघर्षको चरण सुरु हुने उल्लेख गर्दै अबको यात्रा मेहनत र आत्मनिर्भरतातर्फ केन्द्रित हुने बताए। उनले कतिपय विद्यार्थी उच्च शिक्षा तर्फ लाग्ने र कतिपय आफ्नो जीविकोपार्जनमा संलग्न हुने भन्दै सबैलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।
धोबिनी गाउँपालिकाको पहलमा कक्षा ११ का ३९ जना विद्यार्थीलाई सम्मान स्वरूप पोसाक वितरण गरिएको जनाइएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिओम पटेल, शिक्षकहरू कृष्ण मुरारी साह, सुरेन्द्र चौधरी, अभिनन्दन गुप्ता, अजय पटेल, नेयाज आलम लगायतको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

