राजन कुमार बानिया /पर्सा, ८ चैत
पर्साको जगरनाथपुर गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा रहेका आफ्ना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै विदाई गरेको छ।
गाउँपालिका–४ सण्ठीस्थित विद्यालयमा आइतबार शिक्षा शाखाद्वारा आयोजित कार्यक्रममा गाउँपालिका अन्तर्गतका तीन वटा माध्यमिक विद्यालयका एसईई परीक्षा दिन लागेका १ सय २० जना छात्र–छात्रालाई टी–सर्ट, डायरी र कलम प्रदान गरिएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गाउँपालिकाको लोगो अंकित टी–सर्ट, डायरी र कलम विद्यार्थीहरुलाई हस्तान्तरण गरे। आगामी चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई शुभकामना दिँदै अध्यक्ष यादवले उच्च शिक्षाको क्रममा कुनै समस्या आएमा आफू वा प्रमुख प्रशासकीय अधिकृतमार्फत सहयोग गर्न तयार रहेको बताए।
यसै अवसरमा अध्यक्ष यादव, उपाध्यक्ष बबीता सिंह क्षेत्री तथा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवलगायतले विद्यार्थीहरुलाई खादा र माला लगाएर विदाई गरेका थिए।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख अशोक कुमार सिंहका अनुसार कार्यक्रममा शिक्षा समितिका सदस्य, वडा सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

