Rashtriya Dainik

सरावल गाउँपालिकाले गर्याे अतिक्रमित ८ नम्बर जग्गा खालि

राष्ट्रिय दैनिक / नवलपरासी ,२१ फागुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावल अन्तर्गत अतिक्रमित ८ नम्बर जग्गा सरावल गाउँपालिकाद्वारा खालि गराइएको छ।

शुक्रबार सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी तथा उपाध्यक्ष उत्तमा रायको नेतृत्वमा वडा नम्बर ३ साबिक सरावल गाबिस वडा नम्बर ६ (क) २०२ कित्ता नम्बरमा रहेको करिब ६ कट्ठा अतिक्रमित प्रति जग्गामा डोजर चलाई जग्गा खालि गरिएको हाे।

सरावल गाउँपालिकाबाट माघ २७ गते साे जग्गा खालि गर्न १५ दिने सूचना जारी गरेपनि अटेर गरेर रातारात घर बनाइएको र रातारात बार लगाइएकोले डोजर चलाएर जग्गा खालि गरिएको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको हाे।

सरावल गाउँपालिकाकाे बार्षिक स्वीकृत कार्यक्रम तथा गाउँपालिकाकाे लागि स्वीकृत स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत वडा नम्बर ३ सरावलमा महिला भवन निर्माणकाे लागि ८ नम्बर प्रती खालि गराइएको हाे।

निकै लामो समय सम्म जनप्रतिनिधि र स्थानीय बिच भएको विवादले जग्गा खालि गर्न निकै गार्‍हो भएको थियाे । साे जग्गा अतिक्रमण गरेका स्थानीय जनता जग्गा खालि गर्न नमाने पछि जिल्ला प्रहरीका प्रहरी जवान ,सशस्त्र तथा नगर प्रहरी , गाेबरहिया प्रहरीचाैकी लगाएतकाे टाेलिले स्थानीय जनतालाई सम्हाल्दै डाेजर चलाएर जग्गा खालि गरि गाउँपालिकाद्वारा सार्वजनिक जग्गा लेखिएको बाेर्ड हालिएको हाे।

पालिका अध्यक्ष चाैधरीकाे अनुसार सार्वजनिक जग्गा अतिक्रमण धेरै मात्रामा भएकोले जग्गा संरक्षणको अभियान पालिकाले थालेको बताउनु भएको हाे। याे सरावल गाउँपालिका मात्र नभएर देशैभर विभिन्न व्यक्ति तथा संस्थाले अनाधिकृत रुपमा दोहन गरेको जग्गा खोजेर सरकारले त्यसको संरक्षण गरिरहेकाे जानकारी गराउदै जग्गाको संरक्षण गर्ने प्रमुख दायित्व भनेको स्थानीय पालिकाकै भएको बताउदै उक्त अभियानमा अाफुहरु लागेको बताउनु भएको हाे।

त्यस्तै पालिका उपाध्यक्ष उत्तमा रायले अतिक्रमीत सार्वजनिक जग्गा खालि गरि संरक्षण गर्न पालिकाको जिम्मेवारी भएकाेले अटेरी गर्ने जाेकाेहिलाई कार्वाही गरिने बताउनु भएको हाे।

त्यस्तै स्थानीय जनताले जनप्रतिनिधिहरुलाई केहि ब्यक्तिको मात्र संरचना र जग्गा खालि गराउनु भन्दा ८ नम्बर प्रती अतिक्रमित सम्पूर्ण ब्यक्तिहरुले निमार्ण गरेको संरचना हटाउनुपर्ने भन्दै दुखेसाे पाेखेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित