Rashtriya Dainik

चिप्लो सडकको जोखिम बढेपछि दाउन्नेमा तीन रात ट्रक रोक

राष्ट्रिय दैनिक / नवलपरासी ,७ चैत

नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत पर्ने दाउन्ने क्षेत्रमा बढ्दो जोखिमका कारण मालवाहक सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ।

नारायणघाट–बुटवल सडक आयोजना (पश्चिम खण्ड) कार्यालयले शुक्रबार सूचना जारी गर्दै शुक्रबारदेखि आइतबारसम्म तीन रात, प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको हो।

लगातारको वर्षापछि सडक चिप्लो बनेसँगै ठूला सवारी साधन चिप्लिने, बीच बाटोमै अड्किने र त्यसले अन्य सवारी आवागमनमा अवरोध सिर्जना गर्ने समस्या बढ्दै गएको आयोजनाले जनाएको छ।

यस व्यवस्थाअनुसार बर्दघाटतर्फ जाने मालवाहक सवारीलाई त्रिवेणी चोकमै रोकिनेछ भने दुम्कीबासतर्फका सवारीलाई सोही क्षेत्रमा नियन्त्रण गरिनेछ।

यद्यपि, बिरामी बोकेका एम्बुलेन्स लगायत आकस्मिक सेवाका सवारीसाधनलाई भने सञ्चालनमा कुनै रोक नहुने स्पष्ट गरिएको छ।
सडकको अवस्थाका कारण यात्रुवाहक सवारीसमेत प्रभावित हुन थालेपछि सम्भावित दुर्घटना र जाम न्यूनीकरण गर्न तीन दिनका लागि यस्तो निर्णय गरिएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित