काठमाडौं, ६ चैत । ‘स्वस्थ मुख, सुखी जीवन’ भन्ने नारासहित आज विश्वभर विश्व मुख स्वास्थ्य दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ।
विश्व स्वास्थ्य सङ्गठनसहित दन्त विशेषज्ञहरूले नियमित रूपमा दाँत सफा गर्ने, समय–समयमा दाँत जाँच गराउने तथा अत्यधिक चिनी र प्रशोधित खाद्य पदार्थबाट टाढा रहन सुझाव दिएका छन्। उनीहरूले स्वस्थ मुख नै समग्र स्वास्थ्यको आधार भएको बताएका छन्।
विश्व दन्त महासङ्घको आह्वानमा नेपालमा पनि स्वास्थ्य मन्त्रालय, दन्त चिकित्सक सङ्घ तथा विभिन्न संघ–संस्थाहरूले दन्त स्वास्थ्यसम्बन्धी शिविर, कार्यशाला र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्।
उक्त दिवस सन् २०१३ देखि प्रत्येक वर्ष मनाउँदै आइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

