Rashtriya Dainik

जनता माध्यमिक विद्यालयमा जुनियर युवा रेडक्रस सर्कल पुनर्गठन

आदित्य खवास / नवलपरासी,२१ फाल्गुन

पश्चिम नवलपरासीको सरावल गा.पा.-२ जनता मा.वि.मनरीको प्राङ्गणमा आज शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत जुनियर युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ ।

अनुज चौधरीको सभापतित्वमा तथा विद्यालयका प्र.अ. तथा जु.रे.स./यु.रे.स. संरक्षक प्रदीप चौधरीको प्रमुख आतिथ्यतामा दुई वर्षे कार्यकाल रहने गरी पूर्नगठन कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रबार विद्यालयको रिडिङ हलमा सम्पन्न कार्यक्रमबाट अनुज चौधरीको सभापतित्वमा ११ सदस्यीय जुनियर युवा रेडक्रस सर्कल गठन गरिएको छ । जसको शिक्षक नायकमा विद्यालयका शिक्षक लंका पुरी तथा संरक्षकमा विद्यालयका प्र.अ. प्रदीप चौधरी रहनुभएको छ ।

हालै नेपाल सरकारको आठौं शिक्षा ऐन,२०७३ ले कक्षा १ देखि १२ सम्मका विद्यालयको सर्कलको हकमा ११ जनाको सर्कल कार्यसमिति गठन गर्दा चयनपश्चात ती ११ जनामध्येबाट सर्कलको अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष,उपसचिव र उपकोषाध्यक्षको चयन गरिएको छ । जसमा अध्यक्ष परमशिला कुर्मी,उपाध्यक्ष रोहिणी गुप्ता,सचिव आकाश काजि, उपसचिव कविता यादव,कोषाध्यक्ष अवधेश कुर्मी,उपकोषाध्यक्ष सिर्जना यादव, सदस्य नेहा कुर्मी,सदस्य दुर्गा चौधरी,ममता गिरी,सदस्य दिपेस अग्रहरी,सदस्य इन्द्रदेव गुप्ता लगायतले चयन हुनु भएको छ ।
उक्त कार्यक्रममा ७० जनाको उपथिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित