Rashtriya Dainik

सीमा क्षेत्रमा ठूलो परिमाणमा लागूऔषध बरामद

राष्ट्रिय दैनिक / नवलपरासी,६ चैत

सशस्त्र प्रहरी बल, नेपालले पश्चिम नवलपरासीको सीमा क्षेत्रमा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ।

पालिनन्दन गाउँपालिका–५, भगतपुरा नजिकै सीमा क्षेत्रमा लुकाइराखिएको अवस्थामा उक्त लागूऔषध फेला पारिएको हो।

सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म हरपूरबाट खटिएको टोलीले चैत ४ गते राति करिब ९:३० बजे नियमित गस्ती तथा विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा लागूऔषध बरामद गरेको जनाएको छ।

उक्त अपरेशनको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षक माधव घिमिरेले गर्नुभएको थियो।
प्रहरीका अनुसार करिब ५१०० भन्दा बढी परिमाणमा फेनरगन, बुप्रेनोर्फिन र डाइजेपाम जस्ता लागूऔषध नियन्त्रणमा लिइएको छ।


घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित