Rashtriya Dainik

चैत १३ मा बालेन प्रधानमन्त्री ! सत्ता सम्हाल्ने मिति फाइनल

काठमाडौं,६ चैत । देशको राजनीति एकाएक तातेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने निश्चित भएको छ।

पार्टीभित्रको गोप्य छलफलपछि अन्ततः सत्ता सम्हाल्ने मिति टुंगो लागेसँगै राजनीतिक वृत्तमा तरंग फैलिएको छ। सभापति रवि लामिछानेसहित शीर्ष नेताबीचको सहमतिपछि शाह प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।

चैत १२ गते सांसदहरूको शपथ सम्पन्न हुने र त्यसको भोलिपल्टै शाहले प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिएको स्रोतले जनाएको छ।
त्यसैदिन नयाँ मन्त्रीहरूलाई समेत शपथ गराउने तयारी भइरहेकाले सत्ता गठन तीव्र गतिमा अघि बढेको संकेत देखिएको छ।

सांसदको शपथ लिएपछि मात्रै प्रधानमन्त्रीमा शाहले चैत १३ गते शपथ लिने तय भएको हो ।

रास्वपाका शीर्ष नेताहरूको छलफलमा चैत १३ गते नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित