Rashtriya Dainik

गुठी सुर्यपुरामा श्री झखाडी माई सतचण्डी महायज्ञको तयारी अन्तिम चरणमा

संजय कुशवाहा / नवलपरासी ५ चौत

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ गुठी सुर्यपुरामामा हुने महायज्ञको तयारी तिब्र पारिएको छ ।

गुठी सुर्यपुरा गाउँबासीकाे सहयोगमा यही चैत ६ गते देखि १३ गते सम्म श्री झखाडी माई शतचण्डी महायज्ञ संचालन गर्न लागेको महायज्ञको तयारी तिब्र परिएको हो ।

महायज्ञ सफल बनाउन मण्डब तयार , गेट तयार एवं प्रचार प्रसार तिब्र पारिएको महायज्ञ सेवा समितिका अगुवा एवं समाजसेवी प्रकाश पाण्डेले जानकारी दिनुभयो ।

महायज्ञ संचालनका लागि महायज्ञ स्थल सरसफाईका साथै कलस सजावट अन्य कामहरु भईरहेको उहाँले बताउनुभयो ।
यसैगरी वडा न.७ का वडाध्यक्ष हरेन्द्रर यादवबाट महायज्ञ उद्घाटन गरिनेछ भने यज्ञमा हजारौं भक्तजन उपस्थित हुने हुँदा वहाहरूका लागि आवास, भोजनालय र आन्तरिक व्यवस्थापन तयारी पूरा भइसकेको युवा समाजसेवी ब्यास मुनि कुशवाहाले बताउनुभयो ।

मूल समितिले सबै महानुभाबहरुलाई यज्ञमा सहभागि भई दान गरेर पुण्यकमाउन अपिल गर्दै श्री झखाडी माई मन्दिर विकासका लागि महायज्ञ सफल बनाउन सबैमा आग्रह गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित