Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाको २० औं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न

आरपी उपध्याय /नवलपरासी ५ चैत

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको २० औं गाउँ सभा तथा हिउँदे अधिवेशन विहीबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा गाउँ सभा तथा अधिवेशन सम्पन्न भएको हो।
गाउँ सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै पालिका अध्यक्ष यादवले जनताको चाहना अनुसार विकास निर्माण गर्नु जनप्रतिनिधिहरुको कर्तव्य रहेको बताउदै बाटो,खानेपानी,विद्युत,सिचाइँ लगायत जनता संग प्रत्यक्ष सरोकार राख्ने विकासे कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउदै आएको पनि यादवले जानकारी दिनुभयो।
गाउँ सभामा आर्थिक वर्ष २०८२/०८३ मा बजेटको सिमा नबढ्ने गरि वडागत तथा पालिका स्तरीय आयोजना र कार्यक्रम संशोधन कार्य विधि निर्देशिकालाई गाउँ सभामा अनुमोदनको लागि पेस गरिएको तथा २०८२/०८३ को हालसम्म कार्यपालिकाको निर्णय अनुमोदन र चालू आर्थिक वर्षको आय व्यय अनुमोदन पेस गरिएको प्रस्तावहरु ध्वनि मतले पारित गरिएको अध्यक्ष यादवले बताउनुभयो।
त्यसैगरी गाउँ सभामा पालिका उपाध्यक्ष मान कुमारी चौधरीले आर्थिक वर्ष ०८२/०८३ मा भएका न्यायीक समितिका गतिविधिहरु अनुमोदनका लागि पेस गर्नुभएको थियो भने न्यायीक समितिले गरेको क्रियाकलाप बारे सभालाई जानकारी गराउनु भएको थियो।
गाउँ सभा तथा अधिवेशनमा प्रतापपुर गाउँपालिकाको लेखा समिति गठन गर्ने निर्णय भएको जानकारीमा आएको छ। सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत अनिता बि.क. चौधरी,पालिका अन्तर्गतका वडा अध्यक्ष र वडा सदस्यहरु विभिन्न शाखा प्रमुख र अन्य कर्मचारीहरुको पनि गाउँ सभामा उपस्थिति रहेको वडा न.३ का वडा अध्यक्ष ऋषिदेव पटेलले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित