Rashtriya Dainik

जसपाकाे दलित मुक्ति महासंघ जिल्ला कार्यसमिति पर्सा गठन

पर्सा २१ फागुन । जनता समाजवादी पार्टीको भाद्री संगठन समाजवादी दलित मुक्ति महासंघ जिल्ला कार्यसमिति पर्सा गठन गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश यादबको सभापतित्वमा सम्पन्न दलित अगुवाहरुको भेलाले ३१ सदस्यीय समाजवादी दलित मुक्ति महासंघ पर्सा गठन गरिएको हो ।
समितिको अध्यक्षमा नरेन्द्र हजारा, उपाध्यक्षमा जगत राम र जयप्रकाश राम, सचिबमा नागमणि, सहसचिबमा गणेश राम र अवधेश बैठा लगायत रहेका छन् । समितिको बरिष्ठ सल्लाहकारमा राजदेव पासवानलाई चयन गरिएको छ । भेलाले आगामी चैत्र ६ र ७ गते आवासिय प्रशिक्षणको आयोजना गर्न निर्णय पनि गरेको छ ।
जिल्लाभित्रका पार्टी संगठनका सक्रिय दलितहरुको क्षमता अभिबृद्धी र नेतृत्व विकासका निमित्त प्रत्येक स्थानीय तहबाट ५ जना पुरुष र २ जना महिला गरी ७ जनाको दरले ९८ जनालाई परवानीपुरस्थित कृषि केन्द्रमा आवासिय प्रशिक्षणको आयोजना गरिने जसपा पर्साका सचिब तबरेज अहमदले जानकारी दिए ।
भेलालाई सम्बोधन गर्दै जसपाका केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य प्रह्लाद गिरीले जात व्यवस्थाको अन्तय गरी समानता र समावेशिताको बाटोलाई अंगाल्नुपर्नेमा जोड दिए । दलित समुदायलाई समाजका हरेक क्षेत्रमा पहुँच र समावेश बनाउने अभिप्रायले संगठन विस्तार गरिएको उनको भनाई छ ।
कार्यक्रममा जसपा पर्साका इन्चार्ज एवम् प्रदेश सभा सदस्य सिहासन सा कलवारले दलित समुदायलाई समृद्ध नबनाउँदासम्म देश समृद्धि हुन नसक्ने धारणा राखे ।
सो अवसरमा जसपा प्रदेश २ का उपाध्यक्ष रामप्रित पासवानले दलित शब्दको उत्पति, जात व्यवस्थाको इतिहासदेखी वर्तमानसम्मको अवस्थाबारे प्रकाश पारे ।
त्यसैगरी पार्टीकी प्रदेश सदस्य ललिता दासले दलित समुदाय जाग्नुपर्ने बेला आएको र दमन तथा शोषण सहेर बस्ने बेला नभएको भन्दै गीत प्रस्तुत गरिन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित