Rashtriya Dainik

कैलालीमा एक युवकले श्रीमतीको हत्यापछि आफैंमाथि चलाए गोली

धनगढी ,५ भदौ । कैलालीमा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि उनले आफूमाथि पनि गोली चलाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका– ४ अमलेशैनीका ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेका हुन् ।

‘घरबाट झन्डै तीन घन्टाको पैदल दूरीमा रहेको जंगलमा बाख्रा चराउने क्रममा श्रीमान–श्रीमतीबीच विवाद भएको रहेछ,’ डीएसपी तिमिल्सिनाले भने, ‘सोही क्रममा रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकबाट गोली हानी श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’

श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफूमाथि गोली चलाएका थिए । गोली लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित