Rashtriya Dainik

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं,५ चैत : कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका छन् ।

उनले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा दिएका हुन् ।

थापाले दिएको राजीनामा शुक्रबारको क‍ेन्द्रीय समितिले स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा छलफल र निर्णय गर्नेछ।

थापाले दिएको राजीनामाका सम्बन्धमा आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्रैबाट उनको राजीनामा माग भएको थियो ।

उनी सर्लाही–४ बाट पराजित भएलगत्तै उपसभापति शर्मालाई भेटेर राजीनामा दिने चर्चा चलेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित