Rashtriya Dainik

सरकारी तलब-भत्ता तथा सुविधा नलिने रास्वपा सांसद गुरुङको घोषणा

काठमाडौँ ,३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङले आफूले सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने घोषणा गरेका छन्।

पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी हुने क्रममा उनले व्यक्तिगत रूपमा आर्थिक रूपमा सक्षम भएकाले राज्यबाट उपलब्ध हुने सुविधा नलिने स्पष्ट पारे। आफ्नो धारणा व्यक्त गर्दै गुरुङले सार्वजनिक पदलाई सेवा भावका रूपमा लिनुपर्ने उल्लेख गरे।

उनले यातायातका लागि पनि निजी साधन नै प्रयोग गर्ने बताएका छन्। यद्यपि, सांसदहरूलाई सवारी साधन सुविधा उपलब्ध नहुने व्यवस्था रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित