Rashtriya Dainik

मनकामना फर्किँदै माइक्रोबस दुर्घटना: ७ भारतीय यात्रुको मृत्यु , ६ घाइते

गोरखा, ३० फागुन । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किदै गरेको यात्रुवाहक माइक्रोबस शनिबार राती करिब ८ बजे दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।

सहिद लखन गाउँपालिका–३ कान्टारमा बा।प्र।०१–००६ ख ८४३० नम्बरको इभी माइक्रोबस दुर्घ टनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरतबहादुर वि।कले जानकारी दिनुभयो ।

ज्यान जाने सवै भारतीय नागरिक भएको पुष्टी भएको छ । घाइतेहरुको उद्धार गरी आँबुखैरेनी अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटनाग्रस्त माइक्रोबसमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त उहाँले बताउनुभयो ।

घाइते तथा मृतकको पहिचान हुन भने बाँकी रहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित