Rashtriya Dainik

नवलपरासी काङ्ग्रेसमा अन्तरघात विवाद, दोषीमाथि कारवाहीको दबाब

आरपि उपाध्याय / नवलपरासी ,२९ फागुन

पश्चिम नवलपरासी प्रतापपुरको बेलाटारीमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्ने वक्ताहरुले नेपाली काङ्ग्रेसभित्र अनुशासनहिन कार्य गर्ने जो कोहीलाई कडा कारवाही गर्नुपर्ने बताएका थिए।

उनीहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र न.१ मा पार्टी हित विपरीत कार्य गर्ने वडा,पालिका,जिल्ला कार्य समिति र महासमिति सदस्यहरूले पार्टीको आधिकारिक उम्मेदवार विपरीत प्रत्यक्ष,अप्रत्यक्ष प्रचारप्रसार गरेको तथा उक्त निर्वाचन क्षेत्रमा बहुमत हुँदाहुँदै पनि सर्मनाक हार व्यहोर्नु परेको बताउदै त्यस्ता खाले प्रवृत्तिका व्यक्तिहरुलाई कडा कारवाही गरिनुपर्ने अन्यथा त्यस्ता अवसरवादी प्रवृत्तिले पार्टीमा ठूलो अनिष्ट गराउने बारे पनि खबरदारी गरेका थिए।

नेपाली काङ्ग्रेस (ब.स.प.) निर्वाचन क्षेत्र न.१ (क) प्रदेशको आयोजनामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त धारणा राखेका हुन।

अन्तरक्रिया कार्यक्रममा सुस्ता,प्रतापपुर, बर्दघाटबाट आएका पार्टी नेता र कार्यकर्ताहरूले काङ्ग्रेसको बहुमत सहितको जनप्रतिनिधिहरु रहदा पनि जनप्रतिनिधिहरुको उदासिनता कै कारण पार्टीले ठूलो क्षति व्यहोरेको बताउदै सुस्ता प्रतापपुर र बर्दघाट नगरपालिका का पार्टी कार्यसमितिका जिम्मेवार व्यक्ति नै आफ्नो पदिय मर्यादा विपरीत पार्टीको उम्मेदवार हराउने कार्यमा सक्रिय रहेको पाइएकोले त्यस्ता प्रवृत्तिका व्यक्तिको वास्तविकता पहिचान गरि अनुशासन समितिले कारवाही गर्दा आफ्नो हात नकमाउन पनि खबरदारी गरेका हुन।

प्रतिनिधि सभा निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार बिनोद चौधरीले करिब साढे ९ हजार मत मात्र प्राप्त गरि हार व्यहोर्नु परेकोमा आक्रोश व्यक्त गर्दै अन्तरक्रियामा बोल्ने वक्ताहरूले सधैं भरी काङ्ग्रेस रहने तर निर्वाचनको समयमा मतदान गर्दा अन्य दललाई सहयोग गर्नेहरूलाई कडा कारवाही नगरिए इतिहासले पनि सराप्ने बताउदै उनीहरूले आफ्नो स्वाभिमानको रक्षा गर्दै क्रियाशिल सदस्यता बढाउने मात्र नभई अन्तरघातिहरुलाई साधारण र क्रियाशिल सदस्य सहित सबै पदबाट निलम्बन गर्ने सुझाव पनि दिएका थिए।

नेपाली काङ्ग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र न.१ (क) का सभापति अमरेश जैसवालको अध्यक्षतामा बैठक सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठक,नेपाली काङ्ग्रेस नवलपरासीका उपसभापति अनिल गौड,सचिव द्वय उमेशचन्द्र यादव, कुलदीप आचार्य,नेपाल महिला संघकी केन्द्रीय सदस्य कमला पराजुली,क्षेत्रीय अध्यक्ष मुकुल कुमार आचार्य लगायतले पनि पार्टीभित्र मौलाएको चरम गुटबन्दीलाई सदाको लागि अन्त्य गर्न अनुशासन समितिले कारवाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए।

यसपूर्व नेपाली काङ्ग्रेस जिल्ला अनुशासन समितिले पूर्व गृहराज्य मन्त्री देवेन्द्र राज कंडेल,महासमिति सदस्य एवं लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवार सहित एक दर्जन नेताकार्यकर्तालाई कारवाहीको लागि सिफारिस गरिएको क्षेत्रीय सचिव एवं कार्यक्रम सञ्चालक रामप्रसाद जोशीले जानकारी दिनुभयो।

कार्यक्रममा वडा,पालिका,क्षेत्रीय तहका नेताकार्यकर्ता एवं जनप्रतिनिधिहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित