Rashtriya Dainik

निर्वाचन प्रहरीहरू आज बिदाई हुँदै, शान्तिपूर्ण निर्वाचनमा योगदानको कदर

काठमाडौं ,२८ फागुन — फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा कार्यमा खटिएका निर्वाचन प्रहरीहरूको आज बिदाई कार्यक्रम आयोजना गरिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेका अनुसार ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिएको छ।
विदाई कार्यक्रममा प्रहरीहरूलाई धन्यवाद ज्ञापन, प्रमाणपत्र र देशलाई आवश्यक परे सहयोग गर्ने वाचासहित सम्मान गरिनेछ।

यस वर्ष प्रतिनिधिसभा निर्वाचनमा नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत १५ हजार १ सय १० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।

सशस्त्र प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार विदाईसँगै उनीहरूले पाउनुपर्ने पारिश्रमिक, तलब, र सेवा सुविधा समेत खातामा पठाइसकिएको छ। प्रहरीहरूको प्रभावकारी कार्यसम्पादनले निर्वाचन शान्तिपूर्ण र व्यवस्थित सम्पन्न भएको काफ्लेले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित