Rashtriya Dainik

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको प्रहरी निष्कर्ष

सुर्खेत ,२८ फागुन — सुर्खेतको गुर्भाकोटकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ। पोस्टमार्टम रिपोर्ट र पक्राउ परेकाहरूको बयानका आधारमा यस्तो निष्कर्ष निकालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार इनिशाको शव वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा फेला परेको थियो। पोस्टमार्टम रिपोर्टमा गोप्य अंगमा गम्भीर चोट, पाठेघर च्यातिएको र अत्यधिक रक्तस्राव भएको देखिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकामध्ये एकजनासँग मृतकको लामो समयदेखि प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

इनिशा वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। फागुन २३ गते बिहान प्रयोगात्मक कक्षा छ भन्दै घरबाट निस्किएकी उनी अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गरेका थिए। पछि शहीद पार्क नजिकैको जंगलमा उनी बेहोस अवस्थामा भेटिएकी थिइन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ भने मृतकका आफन्तले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित