उमेश बि.क / नवलपरासी ,२० फागुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ का कृषक समुहलाइ पम्पसेट तथा सिचाइ सामाग्री हस्तान्तरण गरिएको छ।

सरावल गाउँपालिकाकाे समन्वयमा र काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवरर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियाेजना मार्फत कृषक समुहहरूलाई ८४ थान पम्पसेट र ८४ बोरिङ सेट हस्तान्तरण गरिएको हाे ।


सरावल गाउँपालिका वडा न: ७ का अध्यक्ष हेयात खाँ धुनियाकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीकाे प्रमुख अातिथ्यतामा भएको पम्पसेट तथा सिचाइ सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चौधरीले कृषि उत्पादनमा बृद्धि गर्न आधुनिक कृषि सामाग्री प्रयोग गर्नाले कृषि उत्पदन बढी गर्न सकिन्छ साथै बेमौसमी खेती गर्न सक्नुको साथै बेरोजगारी घटाउन सकिन्छ भन्ने कुराम जोड दिदै वडा नं. ७ पुर्ण सिचाइ वडा घाेषणा गर्दा पनि मिल्ने बताउदै युवाहरूलाई सिपमुलक तालिम प्रदान गरि अार्थिक उन्नति र व्यावसायिक सीप प्रदान गरी महिला तथा युवाहरूलाई स्थानीयस्तरमै रोजगार सिर्जना हुने सम्भावना रहेको बताउनु भएको हाे। कृषिलाई आधुनिकीकरण र कृषकलाई व्यावसायिक कृषिमा उन्मुख गराउन पम्पसेट वितरण गरिएको गाउँपालिका अध्यक्ष चाैधरीले बताए ।

पम्पसेट तथा सिचाइ सामाग्री हस्तान्तरण कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल ,सहमतिकाे फोकल पर्सन भिम प्रसाद शर्मा ,गुड नेवर्स इन्टरनेसनल नेपालकाे टिम लिडर लाेक बहादुर थारु,जिविकाेपार्जन बिज्ञ सुनिल दुलालले पम्पसेट तथा सिचाइ सामाग्री राम्रोसँग सदुपयोग गरि अार्थिक उन्नति र कृषि विकास गर्न सुझाव सहित शुभकामना ब्यक्त गर्नुभएको थियाे।

समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका , ४ वटा गाउँपालिका र १३ वडामा सन्चालित रहेको छ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

